लायन्स क्लब पोखरा पिस सिभिकको अध्यक्षमा विकास कँडेल
पाेखरा | चैत २५, २०८०
पोखरा: लायन्स क्लब अफ पोखरा सिभिकको अध्यक्षमा विकास कँडेल सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिबेशनबाट लायन वर्ष २०२४÷२५ को अध्यक्षमा विकास कँडेल सर्वसम्मत निर्वाचित भएका हुन् ।
क्लबको प्रथम उपाध्यक्षमा मित्रबन्धु बराल, द्वितीय उपाध्यक्षमा गणेश पराजुली, तृतीय उपाध्यक्षमा यज्ञप्रसाद तिवारी, सचिवमा हरिप्रसाद अधिकारी, क्लब प्रशासकमा विनोद बराल, कोषाध्यक्षमा राजु कुँवर, सहसचिवमा मनमोहन अधिकारी, सह–कोषाध्यक्षमा रामचन्द्र अधिकारी चयन भएका छन् ।
यसैगरी, क्लब मेम्बरशिप चियर पर्सनमा नवराज अधिकारी, एलसिआइफ कोर्डिनेटरमा दीपेन्द्र बहादुर आले निर्वाचित भएको क्लबले जनाएको छ ।
कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका आगामी बर्षका डिष्ट्रिक्ट गभर्नर इलेक्ट बिनोद ढुंगाना, क्लबका संस्थापक अध्यक्ष पवित्रराज तिवारी, पूर्व अध्यक्षहरू युवराज खनाल, बुद्वीराज बराल (प्रदीप), किरण ढकाल, रामकृष्ण तिवारी निर्वाचन अधिकृत निवर्तमान अध्यक्ष विनोद भुजेल लगायतले नवनिर्वाचित अध्यक्ष लगायत सम्पूर्णलाई बधाई सहित शुभकामना दिएका थिए ।
क्लबका अध्यक्ष रेशम खड़काको अध्यक्षतामा भएको कार्यक्रममा कोषको वारेमा जानकारी कोषाध्यक्ष हरिप्रसाद अधिकारीले र स्वागत प्रथम उपाध्यक्ष विकास कँडेलले र संचालन सचिव यज्ञप्रसाद तिवारीले गरेका थिए ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

